समिरले पाए सर्वोत्कृष्ट पप गायक अवार्ड

काठमाडौं । राजधानीमा सम्पन्न चौथो बिएफ डिएरहिल नेशनल क्यापिटल अवार्डमा गायक समिर हमालले सर्वोत्कृष्ट पप गायकको अवार्ड जितेका छन् । सुगम सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय क्यापीटल ईभेन्ट्सले आयोजना गरेको कार्यक्रममा हमालले यो अवार्ड जितेका हुन् । कार्यक्रममा ३५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक तथा संगीतकार दिपक जंगमलाई लाईफटाईम अवार्ड एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संगीतकार तथा गायक संगीतकार प्रेमध्वज प्रधानलगायतले सम्मान गरेका थिए ।

हमालले ‘बिती जाने’ वोलको गीतबाट यो अवार्ड पाएका हुन । जुन गीत यतिखेर रुचाइएको छ । सर्वाेत्कृष्ट दशक गायकमा आनन्द कार्की र सर्वाेत्कृष्ट दशक गायीकामा लोचन भट्टराई सम्मानति भएका छन् । सर्वाेत्कृष्ठ यूगल गायनमा अशोक दर्जी र टंक बुढाथोकी सम्मान भएका छन् ।