कसको हातमा पर्ला तीज म्यूजिक अवार्ड ?

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तिज नजिकिँदै गएपछि तीजको भिडियो र गीत बन्ने क्रम रोकिएको छैन । तीजका सिर्जनालाई प्रोत्साहन गर्नका लागि छाँयाछवि क्रिएसनले पाँचौं संस्करणको ‘छायाँछवि तीज म्यूजिक अवार्ड २०७५’को आयोजना गर्दैछ । आयोजकले अवार्डको उत्कृष्ट पाँचको मनोनयन पनि सार्वजनकि गरेका छन् ।

छायाँछबिका अध्यक्ष शान्तिप्रियका अनुसार सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ अवार्ड हुन लागेको हो ।

अवार्डमा तीज दोहोरी गीत मिक्सिङ, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर, उत्कृष्ट तीज गीत मिक्सिङ, उत्कृष्ट तीज दोहोरी नव–गायक, उत्कृष्ट तीज दोहोरी नव–गायिका, उत्कृष्ट तीज गीत नव–गायिका, उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष), उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला), उत्कृष्ट तीज गीत मोडल, उत्कृष्ट तीज गीत छायाँकार, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत युगल मोडल, उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक छन् ।

त्यस्तै उत्कृष्ट तीज गीत भिडियो निर्देशक, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज दोहोरी गीत लय, उत्कृष्ट तीज गीत लय, उत्कृष्ट तीज युगल नव गायन, उत्कृष्ट तीज गीत गायन मोफसल, उत्कृष्ट तीज सामाजिक गीत, उत्कृष्ट तीज युगल गीत, उत्कृष्ट तीज दोहोरी गीत कंपनी, उत्कृष्ट तीज गीत कम्पनी, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज गायिका, उत्कृष्ट तीज दोहोरी गीत र उत्कृष्ट तीज गीत छन् ।