नायिकाको प्रेममा ‘क्लिन बोल्ड’ क्रिकेटर

मुम्बई(एजेन्सी) । बलिउड नायिकाको सुन्दरतामा आजकल क्रिकेटरहरु ‘क्लिन बोल्ड’ हुन थालेका छन् । प्रेममा ‘क्लिन बोल्ड’ हुने श्रृंखलामा भारतीय क्रिकेट टिमका कोच रवि शास्त्री पनि परेका छन् । उनी यतिबेला बलिउड नायिका निमरत कौरसँगको प्रेममा छन् ।

बलिउड फिल्म ‘लञ्च बक्स’ र ‘एयरलिफÞ्ट’ जस्ता फिल्ममा आफ्नो बेजोड अभिनय गरेकी निमरतले हालै मात्र एक ट्वीट गरेर आफू रविसँगको प्रेममा नरहेको स्पष्टीकरण दिए पनि उनीहरु प्रेममै रहेको निकटवर्ती बताउँछन् । निमरतको भनाई अनुसार प्रेमको तथ्य अरु नै भए पनि खबर अर्कै आउने गरेको छ ।

रविको जिवनमा पहिलोपटक नायिका अमृता सिंह आएकी थिइन् । रवि क्रिकेटको सर्वाधिक उँचो स्थानमा रहँदा उनी अमृतसँग सम्बन्धमा थिए । दुवैले यो कुरालाई सार्वजनिक रुपले स्वीकार पनि गरे । तर यो प्रेम लामो समयसम्म चल्न सकेन । अमृताले पछ गएर नायक सैफ अली खानसँग विवाह गरिन् । रवि र निमरतबीच के सम्बन्ध छ भन्ने अहिले नै थाहा नहोला । तर बलिउड र क्रिकेटबच जहिल्यै पनि जुन प्रगाढ सम्बन्ध कायम भएको छ, ती सम्बन्ध यस्तै हल्लाले दरिलो बनेको छ । कहिले क्रिकेटले फिल्मको त कहिले फिल्मले क्रिकेटको मुटु चोरेकै छ ।

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले विवाह गरेरै बलिउड र क्रिकेटको सम्बन्धलाई झन प्रगाढ बनाइदिएका छन् । तर केही सम्बन्ध यस्ता पनि छन्, जुन निकै चर्चामा आए तर विवाहको मण्डपसम्म पुग्न सकेन । क्रिकेटर जाहिर खानले केही दिन अघि सागरिका घाटगेलाई आफ्नो श्रीमति बनाए पनि उनी लामो समयसम्म नायिका ईशा शरवनीसँग सम्बन्धमा रहे । सन् २०११को विश्वकपको बेला दुवैले विवाह गर्ने अफवाह पनि नआएको होइन । तर दुवैको ब्रेकअप नै भयो ।

अर्का क्रिकेटर युवराज सिंह पनि रंगीन दुनियाँ मनपराउने क्रिकेटरमा पर्छन् । करियरको उच्च स्थानमा पुग्दा उनको नाम दीपिका पादुकोण र किम शर्मासँग पनि जोडियो ।दीपिकासँगको सम्बन्ध छोटो अवधिका सम्बन्ध रहे पनि किमसँग चाहिँ युवराजको लामै सम्बन्ध रह्यो । तर कुनै सम्बन्ध दिगो बन्न सकेन । उनीहरुसँग सम्बन्ध तोडिए पनि बलिउड नायिका हेजलसँगै युवराजले लगनगाँठो कसे ।

नायिका मलाइका अरोरा खानकी बहिनी अमृत अरोराको नाम इंग्लायण्डका क्रिकेटर उस्मान अफजलसँग जोडिएको थियो । उस्मानको पारिवारिक जमघटमा पनि अमृता देखिएकी थिइन् । तर एक वर्षसम्म मात्र उनीहरुको सम्बन्ध बन्यो । वर्षदिन पछि अमृताले शकील लडकसँग विवाह गरिन् ।

नायिका नीना गुप्ता र लिजेण्डरी क्रिकेटर सर विवियन रिचर्ड्सको कथा अन्यको भन्दा अलग छ । दुवैबीच प्रेम भयो र छोरी मसाबाको जन्म पनि भयो । तर पनि नीनाले सरसँग विवाह गरिनन् । हालको अवस्थामा क्रिकेटर हार्दिक पाण्डेको नाम एली एव्राम र उर्वशी रौतेलासँग जोडिए पनि उनीहरुको सम्बन्ध लामो रहन सकेन ।