सम्पादनमा भीषणको पुरानो बुलेट

काठमाडौं । गत असार १६ गतेदेखि साउन २४ सम्म छायांकन भएको फिल्म ‘पुरानो बुलेट’को यतिबेला धमाधम पोष्ट प्रोडक्सन भइरहेको छ । सम्पादकद्वय अर्जुन जिसी र सन्देश साहले फिल्मको धमाधम काटछाँट गरिहेका छन् । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा काँटछाँट भइरहेको छ ।

काठमाडौंको अलावा पूर्वको लेटाङ, दोमुखा, नाम्जेलगायतको स्थानमा खिचिएको फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, एक्स व्याण्डका भोकलिष्ट शिव मुखिया, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धितालको अभिनय छ ।

फिल्मका निर्देशक भीषण राईले पूर्वेली कथामा आधारित रहेर प्रेमकथाको पारिवारिक निर्माण गरिएको बताए । ‘अहिले सम्पादनको काम भइरहेको छ । हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ ।’ उनले भने ।

अशोककुमार राई, वीरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता सन्तोष राई छन् । सन्तोष र भीषणले लेखेको फिल्ममा हरि घले लामाको छायांकन छ । फिल्मको मिति चाँडै सार्वजनिक गरिने निर्देशक भीषणले बताए ।