आफै जस्तो बन्न खोज्दै गायक शिव

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘मलाई म जस्तै बन्न देऊ’को भिडियो सार्वजनिक भएको छ । महेश आचार्यको शब्द र शिवकै संगीत िरहेको इडीएम् भर्सनमा बनाइएको गीत शिवको ‘शिवालय’ एल्बममा समावेश छ ।

गीतमा सुजिल कर्माचार्यले एरेन्ज र रविन दर्शनधारीको मिक्सिङ छ । गायक परियारले सधैंजसो बजारमा आएको गीत भन्दा फरक शैलीमा अहिलेको युवालाई लक्षित गर्दै गीत निकालिएको बताए ।

भिडियोमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कथा काठमाण्डू’की निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशन छ । भिडियोमा लुजा सिंहको छायांकन र भरत रेग्मीको सम्पादन छ । भिडियोमा कृतिका काफ्लेको अभिनय छ ।