वराङ्गनाको प्रोमोमा छाइन् शोभिता

काठमाडौं । एक समय नेपाली फिल्ममा देखिएक नायिका शोभिता सिंखडा चाँडै पाठकमाझ उपन्यासकारका रुपमा देखिँदैछिन् । उनको पहिलो उपन्यास ‘वराङ्गना’ आगामी असोज ५ गते सार्वजनिक हुँदैछ ।

शोभिताको यो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको आवरणबाट राम्रो चर्चा पाइरहेकी शोभिताले पुस्तकको प्रोमो सार्वजनिक गरेकी छन् ।  तिन बर्ष लगाएर लेखिएको पुस्तकको प्रोमोमा शोभिता देखिएकी छन् । काठमाडौं तथा ललितपुरमा खिचिएको प्रोमो आकर्षक बनेको छ । शोभिताले फिल्ममा अभिनय गर्ने समय उपन्यासलाई दिएको बताइन् ।

फिल्म ‘सन्देश’बाट नेपाली फिल्ममा डेब्यु गरेकी शोभिताले एक दर्जन बढी फिल्ममा नायिकाका रुपमा अभिनय गरिसकेकी छन् । उनी ओशो सन्यासी पनि हुन ।