गुनगुन टिजरमा एक्सनको दबदबा

काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘गुनगुन’ को टिजर सार्वजनिक भएको छ । यसअघि आइटम गीत रिलिज भइसकेको फिल्मको टिजर सार्वजनिक भएको हो । पुकार भट्टराईको निर्देशनमा फिल्म बनेको हो । टिजरमा फिल्मको एक्सनलाई जोड दिइएको छ ।

प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बालदिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

निर्देशक भट्टराईले कलाकारितामार्फत संगालेको अनुभवलाई फिल्ममा निर्माता र निर्देशकका रुपमा प्रयोग गरेको बताए । उनका अनुसार फिल्म आगामी सेप्टेम्बर ३० मा अष्ट्रेलियामा वल्र्ड प्रिमियर हुँदैछ ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । फिल्मलाई उपत्यका बाहिर आरआर फिल्म्स र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्नेछन ।