गीतमा निशा नेपाली छोरी

काठमाडौं । गायिका निशा कँडेलको नयाँ गीत ‘नेपाली छोरी’ सार्वजनिक भएको छ । राहुल प्रधानको संगीत रहेको गीतमा सन्जिब भट्टराईको शब्द छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालको छायांकन तथा र दिपेन बस्न्यातले सम्पादन छ । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा राष्ट्रियता झल्काउन खोजिएको छ ।

गीतमा एउटी युवतीले आफुलाई नेपाल र नेपाली संस्कृति मन पर्ने बताएकी छन् । भिडियोमा गायिका कँडेल नै फिचर छिन । भिडियोलाइ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सहयोग गरेको छ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ । अस्ट्रेलियाको सिड्नी, डार्विन, पर्थ, फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय सञ्चालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए ।