यसकारण नकारात्मक भूमिका रुचाउँदैनन् सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान बलिउडको सबैभन्दा बढी फ्यान फलोइङ भएको कलाकारमध्ये एक हुन् । बलिउडमा मात्र नभई विश्वमा नै चर्चामा रहेका सलमानका फिल्म पछिल्लो केही वर्षदेख सुपरहिट भइरहेका छन् ।

सलमानको भूमिका खास गरी युवावर्गमा निकै लोकप्रिय छ । यही कारणले पनि सलमानले फिल्मी करियरमा कहिल्यै पनि नकारात्मक भूमिकामा अभिनय नगर्ने निर्णय लिएका छन् ।

‘म लामो समयदेखि फिल्म उद्योगको एउटा हिस्सा रहँदै आएको छु । फिल्ममा कलाकारहरु जुन जुन भूमिका निभाउँछन् । उनका फ्यान पनि त्यसलाई नै फलो गर्छन् । उनीहरु गेटअप र अनुहार परिवर्तन गरेर मनपर्ने कलाकारको नक्कल गर्छन् । त्यसकारण पनि मैले कहिल्यै नकारात्मक भूमिकामा अभिनय नगर्ने निर्णय लिएको छु ।’ उनले भनेका छन् ।

सलमानको यो भनाईले पनि उनी ‘धुम’ सिरिजको चौथो संस्करणमा भिलेन चरित्रमा नआउने प्रष्ट बुझ्न सकिन्छ । हाल सलमान अली अब्बास जफरको फिल्म ‘भारत’ को सुटिङ गरिरहेका छन् ।