काठमाडौ । ठमेलको नसिङचोक स्थित इवीजा लाउन्जमा शनिबार साँझ फेसन शो हुँदा यो फेशनको प्रमुख आकर्षण नायिका स्वस्तिमा खड्का भइन् । इविजा फेसन नाइट २०१८ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो ।
डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ महिला तथा ४ पुरुष मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।
अभिनेत्री स्वस्तिमा खड्का, अन्तर्राष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन् ।
इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यवस्थापनमा भएको फेशन शो हेर्न लायक थियो । फेसन सो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाईमा पु¥याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध भएको इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए । अभिनेत्री संध्या केसी, अभिनेता तथा अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायतका सेलिब्रेटीको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।