आर्यन छोडी किशोरसँग रोमान्टिक सृष्टि

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘बाँध माया’को तेस्रो गीत ‘सँग सँगै’ सार्वजनकि भएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतमा नायिका सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्काले फिचरिङ गरेका छन् ।

गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा नवनायक किशोरसँगै राजाराम पौडेल, विशाल चाम्लिङ र रविनप्रताप सेनको पनि अभिनय छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सह–निर्माता छन् ।