नमस्ते साँझमा टंकदेखि आशुसेनसम्म

काठमाडौं । नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा जापानका विभिन्न सहरमा ‘नमस्ते साँझ २०१८’ हुने भएको छ । आगामी सेप्टेम्बर ३० बाट टोकियोस्थित मेगुरो कुमिन सेन्टरबाट शुरु हुने कार्यक्रम जापानका विभिन्न सहरमा हुनेछ ।

संस्थाका अध्यक्ष टासी लामाका अनुसार कार्यक्रममा गायक तथा संगीतकार टंक बुढाथोकी, साउथ एसियन स्टार गायक तथा संगीतकार आशुसेन लामासहित स्थानीय कलाकारले पनि प्रस्तुति दिनेछन् ।

कार्यक्रममा जापानमा रहने सम्पूर्ण नेपालीहरूलाई सहभागी हुन संघले आग्रह गरेको छ ।