एलिसाको प्रेममा गम्भीरको सरसर

काठमाडौं । एसआरएस इन्टरटेडमेन्टको प्रस्तुतिमा ‘सरसर’ बोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । गीतमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वर छ । गीतमा डीपी खनालको शब्द र धनु ज्ञाङ्मी मगरको संगीत छ ।

गीतको भिडियोमा कोरियोग्राफर गम्भीर विष्ट, एलिशा राई र प्रकाश बस्नेतको अभिनय छ । भिडियोमा सुब्रतराज आचार्यको निर्देशन तथा जया शर्माको सहनिर्देशन छ । सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ ।