दुर्गा र केशुको गीतमा फूल्यो बुकी फूल

काठमाडौं । गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङको स्वर रहेको कौरा गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक समारोहबीच गुरुङ कला–संस्कृति र पहिचान बोकेको ‘बुकी फूल’लाई बरिष्ठ लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, पत्रकार विदुर गिरीलगायतले सार्वजनिक गरेका थिए ।

सार्वजनिक गीतमा शब्द गायक तथा संगीतकार रेशम गुरुङ र गायिका केशु गुरुङकै रहेको छ । लय रेशम गुरुङको रहेको उक्त गीतको भिडियोलाई तनहुँको बन्दिपुरस्थित धरमपानीमा छायांकन गरिएको हो ।

सार्वजनिक गीतको भिडियोलाई पर्सन गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा गायिका केशु गुरुङ, विष्णु थापा, टेक गुरुङ, चाउ बि गुरुङ, टार्जन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको भिडियो उक्त भिडियोलाई निर्वाणा टिभी नेपालले सावजनिक गरेको हो ।