तस्बिरमा नम्रता र विपिनको प्रसाद लुक्स

काठमाडौं । आगामी मंसिर २१ गते रिलिज हुने फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको लिरिकल भिडियोसहित फिल्मका तस्बिर पनि सार्वजनिक भएको छ ।

तस्बिरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतलाई देख्न सकिन्छ । निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने फिल्ममा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको गीतमा गणेश शाहीको शब्द र सुवास भुषालको संगीत छ । फिल्मका निर्देशक दिनेश राउतले फिल्मको पुरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै फिल्मको फस्टलुकसहित यस गीतलाई सार्वजनिक गरिएको बताए ।

सुवास थापाको निर्माण रहेको फिल्मको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । फिल्म सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्द्वले आपसी सम्बन्धमा के कस्तो असरसम्म पु¥यााउन सक्छ भन्ने देखाउन खोजिएको छ ।