जेम्स बोण्डले पायो नयाँ निर्देशक

लसएञ्जल्स(एजेन्सी) । निर्मातासँगको असन्तुष्टिपछि फिल्म ‘जेम्स बोण्ड’को नयाँ सिरिजको निर्देशनबाट हात झिकेका डेनी बोयलको स्थानमा नयाँ निर्देशक केरी जोजी फुकुनागा आएका छन् । फिल्मका निर्माताद्वय माइकल जी विल्सन र बारबरा ब्रोकोलीले फुकुनागाको भर्सटायलिटी र आविस्कारपूर्ण कामले नयाँ फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरेका छन् ।

फुकुनागाले पछिल्लो पटक नेटफ्लिक्सको डार्क कमेडी ‘मेनिआक’ निर्देशन गरेका थिए । यो फिल्ममा एमा स्टोन र जोना हिल प्रमुख भूमिकामा थिए । उनले जासूसको कथामा आधारित सिजनमध्येको एक ‘ट्रु डिकेक्टिभ’को पनि निर्देशन गरिसकेका छन् ।

फुकुनागाले एचबीओ टेलिभिजनका लागि बनाएको ड्रामा सिरिजले सन् २०१४ मा एमी अवार्ड जितेको थियो । उनले विभिन्न पुरस्कार पनि जितिसकेका छन् ।