जीवनको गाँठोमा अशोकका व्यथा

काठमाडौं । गायक अशोक कठायत क्षेत्री ‘आशिष’को नयाँ गीत ‘जीवनको गाँठो’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गीतमार्फत आशिषले प्रेमिका फकाउन खोजिरहेका छन् ।

र्याप शैलीको गीतमा करण लामिछाने र अमन कार्की ‘बुक्स’को र्याप छ । गीतमा अशोककै संगीत, विशाल निरौलाको एरेन्ज छ ।

झोले प्रोडक्सनले निर्माण गरेको भिडियोमा अशोक, करण, आदेश, सर्जना, पैसा र अन्जनाको अभिनय छ । भिडियोमा रामकृष्ण चौलागाईको क्यामरा, रमेश रसाइलको सम्पादन र गायक अशोककै निर्देशन छ ।