काठमाडौं । निर्देशक राजु अधिकारीले निर्देशन गर्ने नयाँ फिल्म ‘मेरो आफ्नो’को मुहुर्त गरिएको छ । ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुति र बसन्त शर्मा, मात्रिका बजिमयको निर्माण रहने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा पुजा गरिएको हो ।
असोज ७ गतेबाट छायांकन शुरु हुने फिल्म चितवन र मनाङमा खिचिनेछ । केवल जंग कुँवरको डेब्यु अभिनय रहने फिल्ममा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजले अभिनय गर्दैछन् ।
फिल्ममा मौनता श्रेष्ठको लेखन,हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन हुनेछ ।