दशैं खर्च सोध्दै प्रेम

काठमाडौं । विगत एक दशकदेखि संगीतमा सक्रिय रहँदै आएका गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’को पनि दशैं विशेष गीत ‘दशैं खर्च’ सार्वजनिक भएको छ । गायनको अलावा सिर्जनामा पनि उत्तिकै अब्बल प्रेमले अहिलेसम्म करिब २ दर्जन बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छ्न् भने केही गीतहरूमा निर्देशन र अभिनय समेत गरेका छ्न् ।

घरमा बुढी आमा एक्लै, चाडपर्वको माहोल, भएको एउटा छोरा विदेश हुँदाको पीडा समेटेर प्रेम सापकोटा आफैले यस गीतमा स्वरर शब्द र संगीत भरेका छ्न ।

आरती मिडियाको प्रस्तुतिमा रहेको यस गीतको म्युजिक भिडियो स्मृति तिमल्सिना गुरुआमाको निर्देशन, दुर्गा पौडेल, गोविन्द विष्टको छायांकन र प्रकाश धमलाको सम्पादनमा तयार भएको छ । गीतको म्युजिक भिडियोमा रमा थपलिया र स्वंय प्रेम सापकोटा सोनुको अभिनय हेर्न पाइन्छ ।