कात्तिकमा आउँदै अनुग्रह

काठमाडौं । सामाजिक कथा बोकेको फिल्म ‘अनुग्रह’ आगामी कात्तिक १६ गते रिलिज हुने भएको छ । फिल्मका वितरक सरोज शर्माका अनुसार अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको फिल्म तिहारको छेकोमा रिलिज हुन लागेको हो ।

निर्देशक कुमार केसी निर्देशित फिल्ममा तन्नेरी प्रेमकथा र परिवारको मायालाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोष खवासले निर्माण गरेको फिल्ममा रोहन सेन्चुरी, भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय छ । फिल्ममा राजु दोङ र ज्ञानेद्र गिरि र ड्रोकास विश्वा सह– निर्माता छन् ।

फिल्ममा विक्रम डिसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत छ । लक्ष्मी बैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा क्रिस्टिना सेन्चुरीको समेत अभिनय छ ।