तस्बिरमा बादशाह जुटको इण्डक्ल्याप

काठमाडौं । ललितपुरको श्रीकाली चौरमा फिल्म ‘बादशाह जुट’मा समावेश लोक शैलीको गीतको छायांकनसँगै फिल्मको इन्डक्ल्याप गरिएको छ । निर्देशक जोनी सिंह राणा निर्देशित फिल्मले गत वैशाख १० गतेबाट छायांकन शुरु गरेको थियो ।

फिल्मको इण्डक्ल्यापसँगै रिलिज मिति पौष १३ लाई घोषणा गरिएको छ । फिल्मका निर्माता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा कुनै कम्प्रमाइज नगरेको बताए ।

फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका छ ।

एचएण्डबि फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।