पानी तालैलेमा नाँचे प्रकाश–नीता

काठमाडौं । गायक तिर्थ खत्री र गायिका सुमित्रा भट्टराईको स्वर रहेको गीत ‘पानी तालैले’को भिडियो सार्वजनिक भएको छ । शिव हमालको शब्द र तिर्थ खत्रीकै संगीत रहेको गीतको भिडियोमा गायक प्रकाश सपुत र नायिका नीता ढुंगानाले फिचरिङ गरेका छन् ।

सुन्दर लोकेशनमा छायांकन गरिएको भिडियोलाई डान्सिङ शैलीका रुपमा निर्माण गरिएको छ । भिडियोमा दीपेन्द्र तिमल्सिनाको निर्देशन, करण चैशिरको छायांकन र मनोज कार्कीको सम्पादन छ । भिडियो गायक प्रकाश सपुतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।