विद्यार्थीसँग साक्षात्कार अभियानमा जय भोले

काठमाडौं । आगामी असोज ३० अर्थात फूलपातीका दिन रिलिज हुने फिल्म ‘जय भोले’ यतिबेला स्कुल तथा कलेजको प्रचार अभियानमा व्यस्त छ । फिल्मका अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्माको टोली कलेज–कलेजमा पुगेर फिल्म प्रमोसन गरिरहेका छन् ।

फिल्म युनिटले तीन दिनमा लिटिल एञ्जल हात्तीवन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायत विभिन्न कलेज तथा स्कुलमा विधार्थीहरुसँग साक्षात्कार गरिसकेका छ ।

निर्माता तथा निर्देशक शर्माले आईतबारबाट तीन दिनसम्म काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजमा फिल्मको विधार्थीहरुसँग साक्षात्कार कार्यक्रम रहेको बताए । स्कुल कलेज यात्राका क्रममा फिल्मबारे विधार्थीहरु हाजिर जवाफ कार्यक्रमसहित विभिन्न पुरस्कार पनि प्रदान गरिँदै आएको छ । विद्यार्थीहरुले पनि दशैंको विदाको समय सदुपयोग गर्दै फिल्म हेर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।