हलमा छक्का पन्जा, टेलिभिजनमा डियर जिन्दगी

काठमाडौं । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’ घटस्थापनाको दिन फिल्म हलमा प्रदर्शन भइरहँदा यही दिन बेलुका भने टेलिभिजनमा टेलिफिल्म ‘डियर जिन्दगी’ प्रसारण हुने भएको छ । की इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको टेलिफिल्मको आइतबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर तथा गीत सार्वजनिक गरियो ।

जनकदीप पराजुलीको कथा र निर्देशनमा बनेको टेलिफिल्ममा सुनिल थापा, पुस्करजंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, अर्जुन गौतम, रामकृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, बसन्त पोखरेल, सुरेश काफ्लेलगायतको अभिनय छ ।

डियर जिन्दगीमा जनकदीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन, डिजे एलेक्सको संगीत रहेको छ । टेलिफिल्ममा साजन घिमिरे च्यानल प्रोड्युसर, रविन्द्रकुमार रिजाल ‘शशी’ एसोसियट प्रोड्युसर ‘शशि’, रामकृष्ण बिसी प्रोड्युसर, युवराज खत्री कार्यकारी प्रोड्युसर र रघुनाथ सापकोटा को प्रोड्युसर छन् ।

बसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको टेलिफिल्ममा जीवन पराजुलीको छायांकन, ध्रुवराज पराजुलीको सम्पादन र सुमन कोइराला सह–सम्पादन छ । टेलिफिल्म घटस्थापनादेखि प्रत्येक बुधबार टेलिभिजनमा आउनेछ ।