गुनगुनमा रविन्द्रको अंगालोमा सञ्चिता

काठमाडौं । आगामी कार्तिक ३० मा रिलिज हुने फिल्म ‘गुनगुन’को फष्टलुक सार्वजनिक गरिएको छ । कलाकार पुकार भट्टराईको डेब्यु निर्देशन रहेको फिल्मको दुई फष्टलुकमा फिल्मका प्रमुख कलाकारलाई देख्न सकिन्छ ।

प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बालदिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय छ ।

फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । निर्देशक भट्टराईले आफूले कलाकारितामार्फत संगालेको अनुभवलाई फिल्ममा निर्माता र निर्देशकको रूपमा प्रयोग गरेको बताए ।

‘मैले केहि सर्ट फिल्म र भाषाभाषीको फिल्म निर्माण गरिसकेको छु तर फिचर फिल्म भने पहिलो हो,’ उनले भने, ‘पोस्टर सार्वजनिकसँगै हामीले यसको प्रचारप्रसारलाई अगाडि बढाएका छौ । फिल्ममा प्रेम, त्याग र सफलता नै हो, केवल केहि फरक प्रस्तुति गर्न खोजेका छौ ।’