च्यानाकुटी पार्दै गायक तेजु

काठमाडौं । गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । अर्यालकै स्वर, शब्द तथा संगीत रहेको गीतमा म्युजिक एरेन्ज भने पुस्कर सुनुवारको रहेको छ ।

‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् । ग्रुभी ब्वाइज र एसके गल्र्सका साथमा नयन डिसीको आकर्षक नृत्य रहेको भिडियोमा सुर्य योन्जनको कोरिगोग्राफी रहेको छ ।