आस्मा पाउन विल्सन–आकाशको द्वन्द्व

काठमाडौं । आगामी असोज १९ बाट मंसिर ७ मा रिलिज मिति सारेको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मबाट अभिनयमा डेब्यु गरेकी नवनायिका आस्मा गिरीलाई पाउन फिल्मका प्रमुख दुई कलाकार आकाश श्रेष्ठ र विल्सनविक्रम राईको द्वन्द्वलाई देख्न सकिन्छ ।

ऋषिराज आचार्यको निर्देशन रहेको फिल्ममा सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारीको पनि अभिनय छ ।

आर बी मुभिजले रियल एन्ड रिल सिनेमासँग सहकार्य गर्दै फिल्म निर्माण गरेको हो । फिल्ममा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धिताल निर्माता छन् । फिल्ममा राहुल शर्मा र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन मल्लको सम्पादन, अर्जुन पोखरेलको संगीत र सम्राट बस्नेतको द्वन्द्व छ ।