अक्सफोर्ड फेशन विकमा अनिताको क्याटवक

काठमाडौं । यूकेमा गत सेप्टेम्बर २८ मा भएको ‘अक्सफोर्ड फेशन विक’मा नेपाली मोडल अनिता लिम्बुले विभिन्न डिजाइनका पहिरनमा र्याम्प नापिन । उनले यूकेको प्रमुख पहिरनहरुलाई फेसन विकमा प्रस्तुत गरेकी थिइन् ।

अनिताले तेड बेकर, जोन लेविस, होल्याण्ड, कोपर, बार्ले अक्सफोर्ड र इथिरल लण्डनजस्तो उत्कृष्ट ब्राण्डका लागि रनवे मोडलिङ गरेकी थिइन् । अनिताले फेशन विक आफ्ना लागि प्रभावकारी बनेको बताइन् । यूकेमा भइरहने फेशन शोमा सहभागिता जनाउँदै आएकी अनिता भविष्यमा अझ उत्कृष्ट शोमा सहभागिता जनाउन चाहन्छिन् ।