दर्शकलाई मनोज र ससिकाको माया नमार

काठमाडौ । गीतकार तामाङ इन्दुको शब्दमा रहेको ‘माया नमार’ बोलको म्युजिक भिडिया सार्वजनिक भएको छ । पुर्वेली लोकभाका झल्काउनले गीतमा गायक तथा संगीतकार देबेश राईको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतमा गायक मनोज थापा मगर र ससिका राईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ । गीत अनुसार म्युजिक भिडियोपनि बनेको छ । म्युजिक भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् ।

यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशनसंगै सम्पादन र खिचेका छन् । भिडियो विशाल चौतारीबाट सार्वजनिक गरिएको हो ।