आमिर र सुशिललाई प्रियंकाको काफल

काठमाडौं । आगामी पौष १३ गतेबाट रिलिज हुने फिल्म ‘बादशाह जुट’को पहिलो गीत ‘काफल पाक्यो’सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा राजनराज शिवाकोट र मेलिना राईको स्वर छ ।

गीतमा कृष्ण भारद्वाजको संगीत र डीपी खनालको शब्द छ । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, उत्तम हुमागाँइको छायांकन छ । गीतमा सुशिल श्रेष्ठ, आमिर गौतम, प्रियंका कार्कीलगायतले फिचरिङ गरेका छन् ।

जोनी सिंह रानाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठको निर्माण छ । दिर्घ खड्काको सम्पादन, राजु कार्कीको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व छ ।

फिल्मले आफूलाई बादशाह सोच्ने २ युवाको द्वन्द्वलाई देखाएको छ । फिल्ममा आमिर गौतम, सुशिल श्रेष्ठ, रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको अभिनय छ ।