दशैं तिहार गीतमा काउली बुढी

काठमाडौं । काउली बुढीका रुपमा परिचित गायका सन्ध्या बुढाको स्वर रहेको ‘दशैं र तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई मोहन मगरले साथ दिएका छन् ।

गीतमा राजकुमार तिमल्सिनाको शब्द र मोहन मगरकै संगत छ । केदार धितालको निर्देशन रहेको भिडियोमा दशैं र तिहारको रमाइलो क्षणलाई देखाइएको छ । भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ ।