घटस्थापना छेकोमा मायाको रंग भर्दै बानिका

काठमाडौं । गायिका बानिका प्रधानले घटस्थापनाको छेको पारेर ‘मायाको रंग’ शीर्षकको म्युजिक भिडियो सार्वजनक गरेकी छन् । मेघराज लगुनको संगीत रहेको गीतमास्नेहश्री थापा तथा सुरेश वाग्लेको संयुक्त शब्द छ । सुमित विश्वकर्मा गीतका संगीत संयोजक हुन् भने गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्ययन्त्र बजाएका छन् ।

गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ (बा“सुरी) तथा राजु महर्जन (मादल÷धीमे) आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् । उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

रमणीय लोकेशनहरु प्रयोग गरिएको उक्त भिडियोको छायांकन अमेरिकामा गरिएका हो । कुनै बेलाका लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायँंकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देशक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् ।