योगेशको प्रेम दिवसमा रमाउँदै प्रियंका–आयुष्मान

काठमाडौं । पछिल्लोपटक फिल्म ‘राधा’ निर्देशन गरेर गुमनाम बनेका निर्देशक योगेश घिमिरेले प्रियंका कार्की र आयुषमान देशराज जोशीलाई लिएर नयाँ फिल्म ‘प्रेम दिवस’ निर्देशन गर्ने भएका छन् । सांगीतिक प्रेमकथाको फिल्ममा सञ्जय न्यौपानेको लगानी रहनेछ ।

घटस्थापनाको अवसर पारेर फिल्मको बुधबार राजधानीमा मुुहुर्त गरियो । मुहुर्तमा योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थिति थियो । विशाल अमेरिकामा बस्दै आएका नेपाली हुन् ।

फिल्मको छायांकन कार्तिक ८ बाट झापादेखि सुरु हुनेछ । फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन र प्रदिप भारद्वाजको कथा रहनेछ ।