चोलीको तुनामा ऋचा–छुल्ठिमको ठुम्का

काठमाडौं । फिल्म ‘न एता न उता’को गीत ‘चोलीको तुना’ सार्वजनिक भएको छ । मिलन जलन र राजन इशानको संगीत रहेको गीतमा राजन इशान, मिलन अमात्य, राजनराज शिवाकोटी र मिना सिङको स्वर तथा एकनारायण भण्डारीको शब्द छ ।

गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने गीतमा ऋचा शर्मा, छुल्तिम गुरुङ, समिरमणि दिक्षित र मिराज रोशनले फिचरिङ गरेका छन् । फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जिवन भट्टराई, किरण राई, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ र जयनन्द लामाको अभिनय छ ।

सहरीका मध्य जीवनमा बाँच्ने समुदायको कथामा आधारित फिल्म त्रन्त्रालय फिल्म्स र हाईलाईट्स नेपालको ब्यानरमा मिराज र बिसारदले निर्देशन गरेका हुन् ।