म्यानमारमा गुञ्जँदै नरहरि

काठमाडौं । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार नरहरि प्रेमी आगामी अक्टोबर १७ र १८ मा म्यानमारमा गुञ्जिने भएका छन् । उनको सम्मानमा आयोजना हुन लागेको ‘नरहरि प्रेमी सुमधुर साँझ’मा उपस्थित म्यानमारमा बस्दै आएका नेपालीलाई आफ्ना गीतमा झुमाउनेछन् ।

दशैं र तिहारको अवसर पारेर त्यहाँ वार्षिक रुपमा आयोजना हुँदै आएको कार्यक्रममा यसपटक नरहरि आकर्षणका केन्द्र बन्नेछन् । कार्यक्रममा हाँस्य कलाकार तथा कोरियोग्राफर आशिक राई र कार्यक्रम उद्घोषिकाका रुपमा श्रुति संगीत विद्यालयकी प्रबन्ध निर्देशक एवं गीतकार तथा कलाकर्मी पुष्पा पौडेलको पनि उपस्थिति हुनेछ ।

आयोजक समितिका सदस्य यादव गौतमका अनुसार नेपालबाट गएका कलाकारहरुको प्रस्तुति अष्टमी र नवमीको दिनमा हुनेछ । म्यानमार नेपाली समाजका अगुवा गोकुल गिरीले नेपालीहरुको बाहुल्यता रहेको टमु शहरमा नरहरिको कार्यक्रम हुने बताए ।