साइली र माइलीले छोड्दा सडकमा आए सन्दिप

काठमाडौं । गायक मधु क्षेत्री र उदितनारायण झाले गाएको चर्चित ‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र’को नयाँ रिमेक भर्सनको भिडियो सार्वजनिक भएको छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको यो गीतलाई गायक राज के गोस्वामीले नयाँ संस्कणमा ल्याएका हुन् । गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् ।

शान थापाले निर्देशन गरेको भिडियोमा एलिशा राई, करिष्मा ढकालसँगै सन्दिप क्षेत्रीले पनि अभिनय गरेका छन् । गीतिमा एलिशा र करिष्मा साइ“ली र माइलीको भूमिका छन् । भिडियोमा आफ्नी साइ“ली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।