काठमाडौं । आगामी मंसीर २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’को दोस्रो गीत ‘वनकी चरी’ सार्वजनिक भएको छ । रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको गीतमा सुभाष भुषालको संगीत र बी पाण्डेको शब्द छ । फिल्मले निःसन्तान दम्पत्तीको कथालाई उठाएको छ ।
गीतमा नायक विपिन कार्की, कलाकार निश्चल बस्नेत र मोडल अन्जली अधिकारीलाई फिचरिङ गरिएको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा छिन् ।
फिल्ममा लोकेश बज्रचार्यको सम्पादन, हिमाल केसीको थ्रील, सुशिल पौडेलको कथा, शिव वीकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन छ । दिनेश राउतले निर्देशन गरेको फिल्ममा सुभाष थापाको निर्माण छ ।