दैलोमा मास्टरी गीत

काठमाडौं । कार्तिक अन्तिम साता अर्थात कार्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘दैलो’को दोस्रो गीत ‘हामी मास्टर’ सार्वजनिक भएको छ । गीतमा निलम उप्रेतीको शब्द, संगीत र स्वर छ ।

भिडियोमा कमल राईको कोरीयोग्राफी, बिमल भट्टराईको छायांकन र तारा थापा (किम्भे)को सम्पादन रहेको छ । गीतमा फिल्मका कलाकार सुरेश उप्रेतीलगायतको अभिनय छ ।जमुना देबी फिल्म्स्को ब्यानरमा अर्जुन उप्रेती, यसोधा उप्रेती र निलम उप्रेतीले निर्माण गरेको फिल्ममा सुरेश उप्रेतीको लेखन तथा निर्देशन छ ।

फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाई, दिपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगानालगायतको अभिनय छ ।