अष्ट्रेलियामा गोस्वामीको कोसिस २ प्रिमियर

काठमाडौं । एक दशकदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका गायक राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’को प्रिमियर गरिएको छ । शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर गरिएको हो ।

एल्बमको प्रिमियरमा अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुको उपस्थिति रहेको थियो । ‘यहाँ आउनु भएका धेरैले राम्रो प्रतिक्रिया दिनुभयो । उहाँहरुको प्रतिक्रियाले मलाई निकै उत्साहित बनाएको छ ।’गोस्वामीले भने । प्रिमियर कार्यक्रममा गायक गोस्वामीले लाइभ प्रस्तुति पनि दिएका थिए।

गोस्वामीको एल्बम ‘कोसिस २’मा १० वटा गीत समावेश छन्। यस एल्बममा समावेश ‘साइली र माइली’ सार्वजनिक भइसकेको छ। उक्त गीतलाई युट्युमा धेरै रुचाइएको छ।