नेपालकी छोरीमा नाचिन पेसला

काठमाडौं । युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । ‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीतको भिडियोमा मोडल पेसला कटुवालले फिचरिङ गरेकी छन् ।

राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लि ले बजारमा ल्याएको हो ।