पाँच संवादले चर्चामा शाहरुखको जिरो ट्रेलर

मुम्बई(एजेन्सी) । बलिउडका ‘बादशाह’ शाहरुख खानको जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘जीरो’को ट्रेलर सार्वजनिक भइसकेको छ । शाहरुखले केही दिन अघि नै आफ्नो जन्मदिनमा फिल्मको ट्रेलर रिलिज गर्ने जानकारी दिइसकेका थिए । अहिले पनि आफ्नो फिल्ममा रोमान्सको बादशाह बन्ने शाहरुख निर्देशक आनन्द एल रायको यो फिल्ममा एक छोटो कदका व्यक्तिको भूमिकामा छन् ।

फिल्ममा शाहरुखका साथ एकपटक फेरी कटरिना कैफ र अनुष्का शर्माको जोडी देखिँदैछन् । यो जोडी यसअघि फिल्म ‘जब तक है जानं’मा देखिइसकेका छन् । फिल्म ‘जीरो’को ट्रेलर निकै दमदार छ । तर ट्रेलरको दृश्य भन्दा पनि ट्रेलरमा प्रयोग गरिएका पाँच संवाद उत्तिकै दमदार छन् ।

ट्रेलरमा राखिएका संवादमा ‘३८ की उम्र में जो लोग कुंवारे घूमते हैं… उन्हें बारिश से डर नहीं लगता’, ‘तुम्हें कैसे लगा कि तुम मुझसे शादी कर सकते हो? शादी किसे करनी थी… हमारे यहां प्लट देखने के पैसे थोड़ी न लगते हैं’, ‘एक वही तो थी जिसकी आंखों में आंखे डालकर मैं बात बोल सकता था… वो मेरे बराबर थी, मैं उसके बराबर’, ‘अगर उसके साथ होता न तो जिंदगी बराबरी की कटती, पर जिंदगी काटनी किसे थी.. हमें तो जीनी थी’, ‘हम किसी के बराबर हो सकें… ये सपना भगवान ने हमारा छीन लिया था… बदले में, हमने भगवान से भी पूरे हिंदुस्तान का सपना छीन लिया’ संवादले चर्चा पाइरहेका छन् ।