भिलेन फष्टलुकमा रिसाहा निखिल

काठमाडौं । आगामी पौष २९ गते रिलिज मिति तोक्दै फिल्म ‘भिलेन’को दुई फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकार निखिल उप्रेतीलाई रिसाहा लुक्समा देखाइएको छ ।

द ग्लोबल पिक्र्चसको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्ममा बलबहादुर श्रेष्ठ सितल निर्माता तथा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्मातासँगै राजकुमार श्रेष्ठ सह निर्माता छन् ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्ममा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको अभिनय छ । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ शाहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, सुक्रराज शाहको द्वन्द्व, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दैछन् ।