अमेरिकामा सम्राटको देउसी रे

काठमाडौं । बालगायक आयुश केसीको स्वरमा रहेको देउसी गीत ‘देउसी भैलो’को भिडियो सार्वजनिक भएको छ । गीतको स्वरमा आयुशलाई आर्यन कोइराला, निशा हुमागाइ, दृष्टि सत्याल, मोहित काफ्ले र रिता केसीले साथ दिएका छन् ।

अमेरिकामा छायांकन गरिएको भिडियोमा बालकलाकार सम्राट दाहालले अभिनय गरेका छन् । निर्देशक सुमन दाहालका छोरा सम्राटको यो भिडियोको निर्देशन सुमन दाहालले नै गरेका छन् । भिडियोमा सम्राटसँगै प्रास्ना गौतम, पियुस गौतम, मनिसा चन्द, मन्जिल चन्द, अभिनव विष्ट, नेहा अधिकारी, अंशु बस्नेत, अपेक्षा बुढाथोकी, श्रेया पराजुली, श्रेयन पराजुली र सास्वत भट्टको अभिनय छ ।

गीतमा मोहन दाहालको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको एरेन्ज छ भने भिडियोमा सुजिता सिटौलाको छायांकन र सुरेश राउतको सम्पादन छ । भिडियो सम्राट क्रिएसनबाट सार्वजनिक भएको हो ।