भुपेन्द्रको जुनकिरीमा काजिस–अञ्जलीको रोमान्स

काठमाडौं । गीतकार भूपेन्द्र न्यौपानेको नयाँ गीत ‘जूनकिरी’ को भिडियो सार्वजनिक भएको छ । ‘नेपाल आइडल’बाट चर्चामा आएका गायक प्रताप दासको स्वर रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत छ ।

काजिस श्रेष्ठको निर्देशन रहेको भिडियो विन्ध्यवासिनी म्युजिकले हालै युट्युबबाट सार्वजनिक गरेको हो । भिडियोमा काजिस र अञ्जली अधिकारीको अभिनय छ ।

झापा तोपगाछीका न्यौपाने अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । यसअघि ‘अरूसँग’ बोलको गीत सार्वजनिक गरेका उनले ‘जूनकिरी’ एल्बम ल्याउने तयारी गरेका छन् ।