फिल्ममा भाइचुङ भुटियाको बायोपिक

मुम्बई(एजेन्सी) । सञ्जय दत्त र विवेक ओबरायको मुख्य भूमिका रहेको फिल्म ‘जिला गाजियाबाद’का निर्देशक आनन्दकुमारले भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाको बायोपिक फिल्म बनाउने भएका छन् । फिल्मका लागि उनी यतिबेला स्क्रिप्ट लेखिरहेका छन् । भाइचुङको यो फिल्म बनेपछि उनी पनि मिल्खा सिंह, पानसिंह तोमर, मेरी कोम, एमएस धोनी र संदीप सिंहको सूचीमा दर्ता हुनेछन् । जसको बारेमा यसअघि नै फिल्म बनिसकेको छ ।

भाइचुङको जिन्दगी दर्शाउने बायोपिक फिल्मका परिकल्पनाकार कुमार नै हुन् । उनी फिल्मका लागि मुख्य अभिनेता तथा निर्देशकको खोजीमा छन् । भुटिया यो फिल्मका लागि लिएर निकै उत्साहित छन् । ‘म आफूलाई यतिबेला सम्मानित महशुस गरिरहेको छु । मेरो जीवन फिल्मको पर्दामा देखाउन लायक रहेकोमा निर्माता प्रति आभारी पनि छु । मलाई विश्वास छ कि आनन्द मेरो कथामा न्याय गर्नेछन् ।’ भाइचुङले भनेका छन् ।

उनले आफू सिक्किमको एक सानो गाउँमा बस्ने भए पनि आफ्ना लागि भारतका लागि फूटबल खेल्ने सपना नरहेको बताए । ‘म जहिल्यै पनि व्यावसायिक फूटबल क्लब बनाउन चाहन्थें । मेरो यो सपना यूनाइटेड सिक्किमको साथ पुरा भयो ।’उनले भने ।