समलिंगी रिमा–वेनिशाको यस्तो प्रेम

काठमाडौं । परिवर्तित वर्तमान समाजमा आफ्नो लैंिगक अवस्थालाई नलुकाउन आव्हान गर्दै गायिका अन्जु पन्तको नयाँ गीत ‘मैले भुल्न’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नायिकाद्वय वेनिशा हमाल र रिमा विश्वकर्मालाई समलिंगीको रुपमा प्रस्तुत गरिएको छ ।

एल्बम ‘मन’मा समावेश गरिएको यो गीतमा दर्पण यात्रीको शब्द तथा जितेन तामाङ लामाको संगीत छ । प्रविण श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुई नायिकाको अन्तरंग दृश्य पनि समेटिएको छ ।

भिडियोमा उत्तम हुमागाईको छायांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह–निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्ष प्रोडक्सनको प्रस्तुतिमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।