मुम्बई(एजेन्सी) । लगातार एकपछि अर्को सुपरहिट फिल्म दिने बलिउड अभिनेता आमिर यसपटक नराम्रोसँग फ्लप खाएका छन् । उनको प्रदर्शनरत फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले बक्स अफिसमा झुर व्यापार ग¥यो नैं, समिक्षकको पनि नराम्रो समिक्षा पायो । सामाजिक सञ्जालमा पनि यो फिल्मलाई लिएर थुप्रै ट्रोल बने । फिल्मको असफलतापछि मौन बसेका आमिरले आखिरमा फिल्मको विषयमा मुख नै खोल्न बाध्य भएका छन् ।
‘सिनेस्तान इण्डियाज स्टोरीटेलर्स कन्टेस्ट’को अवार्ड समारोहमा सोमबार आमिरले मुख खोलेका हुन् । ‘फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को असफलताको सम्पूर्ण जिम्मेवारी म लिन्छु । हामीले गर्ने हरेक कोशिसमा कुनै कसुर बाँकी राखेनौं । तर कहिँ न कहिँ हामी गलत रुपमा हिँड्यौं,’आमिरले भने,‘तर केही मानिसहरु पनि छन् । जसलाई हाम्रो फिल्म मन पनि परेको छ । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । धेरै मानिसलाई हाम्रो फिल्म मनपरेको छैन । यो कुराको मलाई महशुस भएको छ ।’
आमिरले फिल्म ‘ठग्स अफ हिन्दोस्तान’आगामी वर्ष चीनमा रिलिज हुने पनि बताए । हालै मात्र शाहरुख खानले आमिरको फिल्मलाई भएको आलोचना निकै कठोरपूर्ण रहेको बताएका थिए ।