रणवीर फष्टलुकमा मोटाएका सुशिल

काठमाडौं । एउटा फिल्मका लागि कलाकारले कतिसम्म मेहनत गर्न सक्छ भन्ने उदाहरण यतिबेला नायक सुशिल सिटौला बनेका छन् । आगामी माघ १८ बाट रिलिज हुने फिल्म ‘रणवीर’को सार्वजनिक फष्टलुकमा सोलो रुपमा आएका सुशिल अन्य समय भन्दा केही मोटा देखिन्छन् ।

सुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी पु¥याएका छन् । उनले करिब नौ महिना नियमित जिम गरेर तौलसँगै शारीरिक सुगठन समेत बनाएका छन् ।

दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेको फिल्ममा गोविन्दसिंह भण्डारीको निर्देशन छ । निर्देशक भण्डारीका अनुसार फस्ट लुक्सकै सुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । फिल्ममा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

फिल्मको दुई गीतबाहेक बाँकी सबै छायांकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने निर्माण पक्षले जनाएको छ ।