जिरोमा कटरीनालाई चार देशका पहिरन

मुम्बई(एजेन्सी) । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा फ्लप भएपछि कटरीना कैफ रिलिज हुन लागेको फिल्म ‘जीरो’बाट निकै आशावादी छिन् । यो फिल्ममा उनी बलिउडका किङ खान अर्थात शाहरुख खान र अनुष्का शर्माको पनि मूख्य भूमिकामा अभिनय छ । केही दिन अघि सार्वजनिक फिल्मको ट्रेलर दर्शकले निकै मनपराएका थिए ।

यही बीचमा कटरीनाको विषयलाई लिएर नयाँ कुराको खुलासा भएको छ । फिल्म ‘जीरो’को ट्रेलर हेर्दा उनलाई एक अभिनेत्रीको भूमिकामा देखाइएको छ । फिल्ममा कटरीनाले लगाएको पहिरन भारतमा बनाइएकाबाहेक अलग अलग देशबाट मगाइएको थियो । फिल्मका निर्देशककै माग अनुसार पेरिस, मिलान, दुबई र लण्डनबाट कटरीनाका लागि कपडा मगाइएको हो ।

फिल्ममा कटरीना प्रख्यात र स्टाइलिस अभिनेत्रीको भूमिकामा छिन् । फिल्मको निर्देशन आनन्द एल रायले कटरीनालाई फिल्ममा फरक र स्टाइलिस रुपमा प्रस्तुत गर्ने चाहना अनुसार विभिन्न स्थानबाट लुगा मगाइएको बताए ।

उनले लगाएका केही कपडा अन्तर्राष्ट्रिय डिजाइनरबाट पनि बनाइएका हुन् । कटरीना फिल्ममा अलग–अलग जम्पसुट र ग्ल्यामर कपडामा देखिनेछिन् । उनी हरेकपटक मदिरामा रमाइरहने बबिता नामकी चरित्रमा देखिँदैछिन् । फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।