एलिशाले जलाइन् पलको दिल

काठमाडौं । मिलन खलिङ राईको स्वररहेको नयाँ गीत ुदिलै यो जलाईुको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी एन्जलको शब्द तथा दिपेन्द्र थिङको संगीत छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन्।मिलनले यसै गीतबाट गायनमा डेब्यु गरेका छन्।

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पिडालाई देखाइएको छ।

महेन्द्र खलिङ राईको प्रस्तुतीमा निर्माण भएको भिडियोमा वुद्ध थापाको छायांकन रहेको छ। अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन्।